Rule 9
प्रमाणपत्र लिन सकिने
(१) नियम ६ बमोजिम प्रदान गरिएको रजिष्ट्रेशनको प्रमाण–पत्र हराएमा, नष्ट भएमा वा अन्य कुनै कारणबाट काम नलाग्ने भएमा वाणिज्य सम्बन्धी भए नेपाल सरकार, वाणिज्य विभाग र उद्योग सम्बन्धी भए नेपाल सरकार, उद्योग विभाग वा घरेलु तथा साना उद्योग विभागमा प्राइभेट फर्मका धनीले निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम परेको निवेदनको व्यहोरा मनासिब देखेमा सम्बन्धित विभागले तीन सय रुपैयँ“ दस्तुर लिई निवेदकलाई रजिष्ट्रेशनको प्रमाणपत्रको प्रतिलिपी दिनेछ ।